नियम ४१क
समिति गठन गर्ने

(१) यी नियमहरूमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको जिल्लामा ऐन बमोजिम तोकिएको अधिकारीले गर्नु पर्ने काम कारवाई मध्ये सोही सूचनामा तोकिएको काम कारवाई गर्नको लागि अध्यक्ष लगायत तीन जना सदस्य भएको एक समिति गठन गर्न सक्नेछ ।
(२) समितिले अध्यक्ष र अर्को एक जना सदस्यको उपस्थितिमा उपनियम (१) बमोजिम तोकिएको सबै काम कारवाई र किनारा गर्न सक्नेछ । तर कारवाईको हकमा समितिको अध्यक्ष वा कुनै सदस्यले गर्न सक्नेछ ।
(३) समितिले काम कारवाई वा किनारा गर्दा सदस्यहरूको भिन्दा भिन्दै राय भई बहुमत कायम हुन नसकेमा अध्यक्षको राय बमोजिम गर्नु पर्नेछ ।
(४) कुनै जिल्लामा उपनियम (१) बमोजिम समिति गठन भई कायम रहुन्जेल सम्म सो समितिले गर्ने भनी तोकिएका काम कारवाई अन्य अधिकारीले गर्न पाउने छैन ।